उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतिलाल दुगडले बन्द अवस्थामा रहेका सरकारी संस्थान र उद्योगहरु सञ्चालनको तयारी सुरु गरिएको बताएका छन् । बिजपाटी डटकमसँगको कुराकानीमा उनले प्रमाधनमन्त्री केपी शर्मा ओलीले बन्द अवस्थामा रहेका सरकारी संस्थान तथा उद्योगहरु पुनः सञ्चालन गरेर नाफा कमाउने लक्ष्य पूरा गर्न आफूलाई मन्त्री बनाएको बताए ।
‘निजी क्षेत्रका सबै उद्योग नाफा कमाउने, सरकारी स्वामित्वका उद्योग चाँही घाटामा जाने कुरा स्वीकार्य हुँदैन’ उनले भने, ‘बन्द रहेका सबै सरकारी उद्योगहरु एक वर्षभित्र सञ्चालनमा ल्याउने र अर्को वर्ष नाफा कमाउने लक्ष्य छ ।’
हेर्नुहोस् भिडियोः