युनियन हाइड्रोको आईपिओमा पनि माग भन्दा बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 10:40:56 PM मा प्रकाशित

laxmi  sunrise bank

युनियन हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा पनि माग भन्दा बढीको आवेदन परेको छ । कम्पनीले चैत्र १३ गतेदेखि निष्काशन गरेको आईपिओमा आवेदन दिने एक दिन अघि माग भन्दा बढीको आवेदन परेको हो ।  आईपिओमा आज बैशाख १० गते बेलुकासम्ममा ४५ हजार ८ सय ७२ आवेदकबाट ३५ लाख ९१ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणको लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता निष्काशन गरेको थियो। यस आईपिओमा बैशाख १२ गतेसम्म आबेदन दिन सकिने छ ।  

यो पनियुनियन हाइड्रोको आइपीओ: यस्तो छ कम्पनीको दाबी र वास्तविकता (विश्लेषण)

कम्पनीले  आयोजना प्रभावित स्थानीयको लागि साउन १४ गतेदेखि   ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।  जस मध्ये १ लाख २८ हजार २ सय १० कित्ताको लागि मात्र आवेदन परेको थियो । त्यस समयमा बिक्रि नभएको ६ लाख २१ हजार ७ सय ९० कित्ता समेत थपेर कम्पनीले सर्वसाधारणलाई ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको हो। 


युनियन हाइड्रोको आइपीओमा आबेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका  ७७ जिल्लाबाटै र मेरो सेयर मार्फत आवेदन गर्न सक्नेछन। 

आईपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिन सकिने छ।  कम्पनीको आईपिओले ५ ग्रेड पाएको छ जुन सबै भन्दा कमजोर हो।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २८ गते सोमबार शेयर निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि  लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले लमजुङको मिदिम खोलामा ३ मेगावाटको आयोजना निर्माण सम्पन्न गरी १ बर्ष देखि ब्यापारिक उत्पादन गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved