३ वटा कम्पनीले मागे आईपिओ निष्काशनको स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 04:37:55 PM मा प्रकाशित

laxmi  sunrise bank

३ वटा जलविद्युत कम्पनीले आईपिओ निष्काशनको लागि पुर्व स्वीकृत माग गरेका छन । ३ कम्पनीले आईपिओ निष्काशनको लागि पुर्व स्वीकृति माग गर्दै विद्युत नियमन आयोगमा आवेदन दिएका हुन् । 

मैलुंङ खोला जलविद्युत कम्पनी, शिव श्री हाइड्रोपावर, र  हिमालयन हाइड्रोपावरले शेयर निष्काशनको लागि आयोगसँग पुर्व स्वीकृत माग गरेका हुन् । जस अनुसार मैलुंङखोलाले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँको, शिवश्री हाइड्रोले  ३३ करोड ५१ लाख १४ हजार रुपैयाँको र हिमालयनले २२ करोड ५० लाख रुपैयाँ बराबरकोआईपिओ निष्काशन गर्न अनुमति माग गरेको हो  । 

अब आयोगबाट स्वीकृति पाएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्छ  । त्यसपछि मात्र कम्पनीले स्थानीय र सर्वसाधारणलाई आईपिओ निष्काशन गर्न पाउने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved