३ दिन मै ४ लाखले भरे अजोडको आईपिओ, कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 05:34:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्ममा ५.४१ गुणा बढी आवेदन परेको छ ।   बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आइतबार बेलुका ५ बजेसम्ममा ४ लाख १ हजार ५ सय २ लगानीकर्ताले करिब १ करोड ४७ लाख ८५ हजार १ सय ५० कित्ता बढी शेयरको लागि आवेदन दिएका छन् ।  

कम्पनीले असार २५ गतेदेखि देखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ताको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले असार २९ गतेसम्म आवेदन दिन सक्ने छन् ।   लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम  १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । यद्यपि २७ लाख ३० हजार कित्ताको लागि आबेदन खुला गरिएकाले २ लाख ७३ हजार जनाले मात्र पाउने भएकाले गोलाप्रथाबाट नै आइपीओ बाँडफाँड हुने निश्चित छ। जस कारण अजोडको आइपीओमा १० कित्ताको लागि आबेदन दिनु नै उचित हुन्छ।

आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेकोमा आईपिओ निष्काशपछि चुक्ता पुँजी १ अर्ब पुग्ने छ । 

यो पनि : 

अजोड इन्स्योरेन्सले कहाँ खर्च गर्छ आईपिओबाट उठेको ३० करोड रकम ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved