रिलायन्स लाइफको आईपिओमा रेकर्ड ब्रेक, ३० हजार बढीले शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2020 | 05:43:53 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्स Reliance Life Insurance ले निष्काशन गरेको आईपिओमा आज अन्तिम दिनसम्ममा साढे ४ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आज साँझ ५ बजेसम्ममा ६ लाख ६ हजार ३ सय ३१ आवेदकबाट २ करोड ४१ लाख ३१ हजार ८ सय ७० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिएको भन्दा ४.२५ गुणा बढी हो । 

कुनै पनि आईपिओमा ६ लाख भन्दा बढी आवेदकले आवेदन दिएको यो नै पहिलोपटक हो । कम्पनीको आईपिओ ५ लाख ६७ हजार जना आवेदकले मात्र  पाउने हुंदा झन्डै ३० हजार बढी आवेदक हातखाली हुने छन् । यद्यपि अझै पनि बैंकले हरुले आवेदन इन्ट्री गर्न सक्ने भएकोले यो संख्या केहि तलमाथि हुन सक्ने छ  ।

कम्पनीले प्रति कित्ता सय रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये समान ५/५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याइएको थियो । बाँकि रहेको ५६ लाख ७० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । 

  कम्पनीमा हाल १ सय १३ जना संस्थापक लगानीकर्ता रहेका छन् । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४७ करोड रहेको छ । सर्वसाधारण्मा सेयर जारी गरेपछि कम्पनीको पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved