नबिल बैंक सहित ५ कम्पनीको सेयर 'बढी मुल्य' को सुचिमा,यस्तो बेला लगानीकर्ताले के गर्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 10:03:56 AM मा प्रकाशित

laxmi  sunrise bank

बजार परिसूचक नेप्से ५.७१ अंकले घटेर ११८६.०३ को बिन्दुमा आईपुगेको छ। मंगलबारको पुरै कारोबारमा नेप्से ११९२.६१ र ११८३.१३ को बिन्दुमा रह्यो। त्यस्तै ४२ करोड १३ लाखको कारोबार हुँदा अघिल्लो दिनको तुलनामा कारोबार रकम र भोलुममा गिरावट देखियो। 

कुल ११ उपसुचकमा सबै समुहमा गिरावट आयो। जसमा सबै भन्दा बढी होटल समुह १.२४ प्रतिशतले घट्यो भने डेभलपमेन्ट बैंक समुह ०.६ प्रतिशतले ओरालो लाग्यो। 

मंगलबारको कारोबारमा Multipurpose Finance Company Limited को सेयर मुल्यमा पोजिटिभ ९.८५ प्रतिशतले सर्किट लाग्यो । त्यस्तै मंगलबारको कारोबार आफ्नो समुहमा Nagbeli Laghubitta Bikash Bank Limited Mahila , Sahayatra Microfinance Bittiya Sanstha Limited Vijaya Laghubitta Bittiya Sanstha Limited  को पर्फर्मेन्स कम्जोर देखियो। जबकी Civil Laghubitta Bittiya Sanstha Limited Global IME Laghubitta Bittiya Sanstha Limited र Rairang Hydropower Development Company Limited को पर्फर्मेन्स आफ्नो समुहमा राम्रो देखियो।

मंगलबारको कारोबारमा NMB Bank Limited , Multipurpose Finance Company Limited र Lumbini General Insurance Limited को सेयरमुल्यमा तिब्र उतारचढाब देखियो। 

Lalitpur Finance Limited Panchakanya Mai Hydropower Limited को सेयरमुल्य अहिलेसम्मकै न्यून मुल्यमा आइपुगेको छ भने Kankai Bikas Bank Limited को सेयरमुल्य पछिल्लो ४ दिनदेखि निरन्तर ओरालो लागेको छ। 

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई भारुमा ऋण लिन पाउने बाटो खुला गरेको छ। बैंकहरुले आफुहरुले चाहेजति ऋण लिन र आफूखुसी लगानी गर्न भने पाउनेछैनन। बैंकहरुले आफ्नो प्राथमिक पुंजीको ५० प्रतिशतसम्म भारुमा ऋण लिन पाउनेछन। तर अन्य मुद्रामा लिएको ऋण भए त्यो समेत ५० प्रतिशतमा गणना हुनेछ। भारुमा लिएको ऋण राष्ट्र बैंकले तोकेका क्षेत्रहरुमा मात्र कर्जा दिन पाइनेछ। यस्तो ऋण बैंकहरुले नविकरणीय उर्जा (जलबिद्युत, सौर्य उर्जा, वायु उर्जा) , उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुंगमार्ग, विमानस्थल, केबलकार, पूल जस्ता भौतिक पूर्वाधार (हाउजिङ, जग्ग्गा जस्ता रियल स्टेटको क्षेत्र बाहेक), बिदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि क्षेत्र, लघुवित्त क्षेत्र मा कर्जा प्रवाह गर्न पाउनेछन।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर ड़ा चिरिनजीबी नेपालले एक दुई दिनमै सेयरबजारमा उत्साह थपिने गरि राष्ट्र बैंकले निर्देशन जारि गर्ने बताएका छन । उनले अर्थसमितिको बैठकमा बताएअनुसार सेयरधितो कर्जाको मार्जिन बढाउने, तत्काललाई सहायक कम्पनी नखोली बैंकहरुलाई ब्रोकर सेवा दिन पाउने व्यवस्था गर्ने लगायतका बिषय समेटेर निर्देशन जारि गर्ने राष्ट्र बैंकको तयारि छ।






मुख्य बजार समाचार 

-@HIDCL ले आफ्नो नाम जल्बिध्युत लगानी तथा विकास कम्पनी लिमिटेडबाट हाइड्रोइलेक्ट्रीसिटि इन्भेस्टमेन्ट तथा डेभलपमेन्ट कम्पनी राखेको छ

-सेयर ब्रोकर नम्बर ८ आशुतोष ब्रोक्रेज एण्ड सेक्युरिटीज कालोसुचिमा परेको छ

-एभरेष्ट बैंकको २४ औ बार्षिकसाधारणसभाबाट २० प्रतिशत नगद लाभांश पारित 

Nagbeli Laghubitta Bikash Bank Limited ले पुर्वघोषित  १६.११ प्रतिशत लाभांशलाई परिवर्तन गरि ९.३८ प्रतिशत बनाएको छ, यसैबारे नेपाल स्टक एक्सचेन्जले उसलाई स्पष्टिकरण सोधेको छ

बुधबारका मुख्य घटना 

Nepal Investment Bank Limited द्वारा ३२ औं बार्षिक साधारणसभाका लागि बुक क्लोज तय , बैंकले २२ प्रतिशत नगद र १८ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको छ

- सानिमा बैंकको '१० प्रतिशत सानिमा डिबेन्चर २०८५' बिक्रीमा 





ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ।

यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ





उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर  'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ। 

जस्तो आजको यस टेबलमा नेपाल इन्भेष्टमेन्ट लगायत ५ कम्पनीको सेयर मुल्य ओभर प्राइस भएको देखिन्छ।   यी कम्पनीका सेयर बढी मुल्य मा कारोबार भएका छन र आफुसंग छ भने बेचेर प्रोफिट गर्न सकिन्छ र आफुसंग छैन भने अहिले यो सेयर किन्नलाई महँगो पर्न जान्छ भन्ने बुझाउछ। 
 








आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक बढ्ने प्रक्षेपण गरिएको छ।

नोट:

बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। 

यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved