ब्रोकर नम्बर ८ निलम्बन, कारोबार राफसाफ के हुन्छ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 04:17:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले शेयर ब्रोकर नम्बर ८ आशुतोष ब्रोक्रेज एण्ड सेक्युरिटिजलाई निलम्बन गरेको  । कर्जा सूचना केन्द्रले यसका संचालकलाई कालोसूचीमा राखेसंगै नेप्सेले कम्पनीको सदस्यता निलम्बन गरेको हो  । 

 कर्जा सूचना केन्द्रले शेयर ब्रोकर नम्बर ८ का संचालकहरु दीपककुमार अग्रवाल, लक्ष्मणप्रसाद अग्रवाल, राजेशकुमार अग्रवाललाई कालोसूचीमा परेका छन् । केन्द्रले कम्पनीलाई पुस ८ गते आइतबार कालोसूचीमा समावेश गरेको हो । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा समयमा भुक्तानी नगरे उजुरीको आधारमा केन्द्रले त्यस्ता व्यक्ति  वा कम्पनीलाई कालोसूचीमा राख्ने गरेको छ  ।  

नेप्सेले कम्पनीलाई अर्को सूचना जारि नहुँदासम्म निलम्बन गरी धितोपत्र कारोबार गर्न रोक लगाएको जनाएको हो ।  कम्पनीलाई कारोबार राफ साफ लगायतका अन्य आर्थिक गतिबिधि आफुसंग समन्वय गरेर मात्र गर्न पनि नेप्सेले निर्देशन दिएको छ । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved