लाभांश घटाउने नागवेली लघुवित्तलाई नेप्सेले सोध्यो २४ घन्टे स्पष्टीकरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 03:55:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले नागवेली लघुवित्त Nagbeli Laghubitta Bikash Bank Limited लाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।  कम्पनीले डेढ महिनापछि लाभांश दर घटाएर नयाँ प्रस्ताव गरेपछि नेप्सेले २४ घन्टे स्पष्टीकरण सोधेको हो  । 

नेप्सेले के कारणले लाभांश दर परिमार्जन गरेको हो, यसमा जिम्मेवार पदाधिकारीको भनाई के छ, पदाधिकारीलाई किन कारबाही नगर्ने भनी स्पष्टिकरण माग गरेको हो ।   

कम्पनीले गत कात्तिक २६ गते आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाइ दिने घोषणा गरेको १६.११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय करिब डेढ महिनापछि पौष ९ गते संशोधन गर्दै ९.३८ प्रतिशतमा झरेको अर्को सूचना सम्प्रेषण गरेको थियो। 



नागबेलीको यस सम्प्रेषित घोषणाबाट लगानीकर्ताले झन्डै ४१ प्रतिशत बोनस सेयर गुमाएका छन। कम्पनीले पहिलोपल्ट घोषणा गरेको लाभांशमा जारी भइरहेको हकप्रद बाँडफाँड पछिको पूँजीमा उक्त बोनस दिने घोषणा गरेको थियो तर अहिले कात्तिक २६ गतेको निर्णय उल्टाएर झन्डै आधा मात्र लाभांश दिने घोषणा भएको हो। नागबेलीले यसरी लाभांश संशोधन गरेको यो पहिलो घटना भने हैन, यसअघि पनि कम्पनीले ५५ प्रतिशत बोनस शेयर घोषणा गरेर पछि रद्द गरेको थियो। 





 यो पनि : 

नागबेली लघुवित्तको कर्तुतमा नेतादेखि नियामक मौन, बढ्दैछ सेयरबजारका कम्पनीहरुको मनोमानी

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved