२४ घण्टापछी सुधारिएको इम्बोस्ड नम्बर प्लेट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 05, 2017 | 06:56:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सवारी साधनमा कात्तिक २० गतेदेखि सुधारिएको इम्बोस्ड नम्बर प्लेट वितरण हुने भएको छ ।  भदौको पहिलो साता नेपालमा पहिलो पटक गर्न लागिएको भन्दै तामझामका साथ सुरु भएको इम्बोस्ड नम्बर वितरण एक महिनाका लागि वन्द गरिएको थियो ।

त्यसबेला इम्बोस्ड नम्बर प्लेट अञ्चल अनुसार तयार गरी वितरण गरिएको थियो तर संसदीय समितिले प्रदेश अनुसार वितरण गर्न निर्देशन दिएपछि सफ्टवेयर परिवर्तन गरी वितरण गर्न वन्द गरिएको थियो ।

विभागका अनुसार अहिले प्रदेश अनुसार  यो प्लेट तयार गरिएको छ । विभागले यसलाई प्रदेश अनुसार बनाउन यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरेको थियो ।  संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि प्रदेश अनुसारको इम्बोस्ड नम्बर वितरण गर्न विभागलाई कानुनी बाटो खुला भएको हो ।

तर अहिले पनि प्रदेशको नामाकरण नहुञ्जेल सम्मका लागि  प्रदेशको पहिचान नम्बर राख्ने गरी प्लेट तयार गरिएको छ ।  २० गतेदेखि वितरण गर्न विभागले आफु मातहतका १४ वटै अञ्चल कार्यालयमा सूचना जारी गरिसकेको विभागका प्रवक्ता डा. टोकराज पाण्डे जानकारी दिनुभयो ।  आगामी पाँच वर्षभित्र २५ लाख सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्लेट राख्ने योजना विभागको छ । गोरखापत्रमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved