नेपालका २८ बैंकबाट १९ अर्बको हिनामिना, ५०० कर्मचारीको संलग्नता भएको पुष्ठी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2017 | 06:32:56 AM मा प्रकाशित

laxmi  sunrise bank

एटीएमबाट पैसा चोरी गर्नेमा अधिकांश विदेशी नागरिक भेटिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो ।

 पछिल्ला ४ वर्षयता नेपालमा एटीएमबाट पैसा चोरीका तीन दर्जनभन्दा बढी घटना भएका छन् । करिब दुई दर्जन घटना सीआईबीले अनुसन्धान गरिरहेको छ । तीमध्ये करिब ८५ प्रतिशत घटनामा विदेशी नागरिकको संलग्नता रहेको देखिएको छ । जसबाट सर्वसाधारणको करोडौं रुपैयाँ चोरी भएको छ । यसको अर्थ विदेशीहरूले मात्र एटीएमबाट पैसा चोरी गर्छन् भन्ने होइन । नेपालीहरूबाट पनि यस्ता धेरै घटना भएका छन् । ती सबै घटनाहरू बाहिर आउँदैनन् । यसकारण यस्ता घटनामा विदेशीको संलग्नता धेरै देखिएको हो ।

प्रहरीका अनुसार ०७० कात्तिकदेखि गत भदौ २५ गतेसम्म एटीएमबाट पैसा चोरीका २० वटा घटना भएका छन् । जसमध्ये ३ वटा घटनामा नेपाली संलग्न देखिएका छन् । बाँकी १७ वटा घटनामा विदेशीको संलग्नता रहेको सीआईबीको तथ्यांकमा छ ।

तीमध्ये सबैभन्दा बढी टर्की, रोमानिया, बुल्गेरिया र मोल्दोभाका नागरिक भेटिएका छन् । ‘प्रहरीले अनुसन्धान गरेका घटनाहरूमध्ये ४ वटामा टर्किस, ४ वटामा रोमानिया र ४ वटामा मोल्दोभाका नागरिक प्रक्राउ परेका छन्,’ स्रोतले भन्यो, ‘यसैगरी ३ वटामा बुल्गेरिया र २ वटा घटनामा भारतीय नागरिकको संलग्नता भेटिएको छ ।’

केही वर्षयता बैंक तथा वित्तीय क्षेत्रमा बैंकिङ कसुरका घटना निरन्तर रूपमा बढिरहेका छन् । विगतका तुलनामा कसुरको प्रकृति भने बदलिएको छ । विगतमा बैंक सञ्चालकलगायत उच्च पदस्थ अधिकारिहरूकै कारणले हिनामिनाका घटना धेरै हुन्थे । अचेल अधिकांश घटनाहरू प्रविधिसँग सम्बन्धित रहेको विज्ञहरू बताउँछन् ।

पछिल्लो समयमा भएका अधिकांश बैंकिङ कसुरहरू एटीएम कार्ड, इन्टरनेट बैंकिङ, स्वीफटसँग सम्बन्धित रहेको नायब प्रहरी महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीले बताए । यस्ता जोखिम न्यूनीकरणका लागि बैंकको आन्तरिक कारोबार प्रणाली बलियो बनाउनुपर्ने उनको सुझाव छ ।

आधुनिक प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा जोखिम पनि बढदै गएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । ‘ग्राहकलाई सरल र सहज रूपमा बंैकिङ सेवा दिने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले आधुनिक प्रविधि प्रयोगमा ल्याए पनि सुरक्षामा पर्याप्त ध्यान पुर्‍याउन नसक्दा जोखिम बढेको देखिन्छ,’ उनले भने ।

केही समयअघिसम्म एटीएम तथा पासवर्ड सुरक्षित राख्न नसक्नुका साथै सही तरिकाले एटीएम प्रयोग गर्न नजान्दा पैसा चोरीका घटना हँुदै आएका थिए । अचेल गिरोहले विभिन्न प्रविधिमार्फत ग्राहकको खाता नम्बर र पासवर्ड चोरी गरेर पैसा निकाल्दै आएको बैंकरहरू बताउँछन् ।

बैंकिङ कसुरमा साढे १९ अर्ब हिनामिना 

बैंकिङ कसुरअन्तर्गत भएको छानबिनबाट करिब ६ वर्षमा १९ अर्ब ६४ करोड रुपैयाँ हिनामिना भएको छ । हिनामिनामा २८ बैंक तथा वित्तीय संस्थाका ५ सयभन्दा बढी व्यक्तिको संलग्नता फेला परेको छ ।

बैंकिङ कसुरको आरोप लागेका व्यक्तिले कर्जा अपचलन, नक्कली खाता र चेक, विद्युतीय कारोबारलगायत विभिन्न माध्यमबाट रकम हिनामिना गरेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरको आरोप लागेकामध्ये १ सय ४७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । बाँकी अभियुक्तहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये केही मुद्दा फैसला भए पनि अधिकांश प्रक्रियामा रहेको जनाइएको छ ।’

२०६८ वैशाखदेखि हालसम्म पक्राउ परेकाहरूबाट १९ अर्ब ६४ करोड ५१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । उक्त अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बैंकिङ कसुरसम्बन्धी ५ सयभन्दा बढी आवेदन परेको प्रहरीले जनाएको छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved