नेप्सेको वेभसाइटमा समस्या आउने क्रम रोकिएन, अनलाइन कारोबार प्रणालीमै त्रुटी भएको आशंका

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 18, 2018 | 12:30:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेभसाइटमा समस्या फेरी बल्झिएको छ। अनलाइन कारोबारको परिक्षण सुरु भएपछी नेप्सेको वेभसाइट निर्वाध चल्ने अपेक्षा बिपरित दोस्रो दिनमा नै नेप्सेको वेबसाइटमा समस्या देखिएको छ।

अनलाइन कारोबारको परिक्षण सुरु भएदेखि नै नेप्सेको वेबसाइटमा समस्या देखिएपछी अनलाइन कारोबार प्रणाली प्रति नै आशंका उब्जिएको छ।नयाँ आर्थिक बर्षको पहिलो दिनको कारोबारबाट जीवन र निर्जिबन बिमा कम्पनीको सूचक छुट्याएर कारोबार थाल्ने नेप्सेको प्रयासमा नै त्रुटी देखिएको थियो। 

आजको कारोबारमा सुरु भएको झन्डै १ घण्टा भन्दा बढी हुँदा समेत नेप्सेको वेबसाइट चालु हुन सकेको छैन। यसबाट घर वा कार्यालयमै बसेर आफ्नो कारोबारको अपडेट लिन चाहने लगानीकर्ताहरु मारमा परेका छन। 

नेप्सेको वेबसाइटमामा समस्या देखिएपनि ब्रोकर कार्यालयको विन्डो भने सुचारु छ। ब्रोकर कार्यालयमै धाउनुपर्ने भएपछी अनलाइनको के अर्थ भन्दै लगानीकर्ताहरुले सामाजिक संजाल मार्फत नेप्सेको आलोचना गरेका छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved