स्वदेशी लघुवित्तले यसअघि घोषणा गरेको लाभांश नदिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 07, 2018 | 02:05:40 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशी लघुवित्तले यस अगाडी गरेको लाभांश प्रस्ताव खारेज गरेको छ । कम्पनीको असोज १८ गते बसेको संचालक समितिको बैठकले प्राविधिक कारण देखाउदै य्स्गाहीको लाभांश प्रस्ताव खारेज गरेको हो । त्यस्तै बैठकले अब कुनै पनि लाभांश वितरण नगर्ने निर्णय समेत गरेको छ । बैठक  यस अघि प्रस्ताव गरेको रकम सञ्चित नाफामा नै राख्ने जनाएको छ।

कम्पनीले यस अघि शतप्रतिशत हकप्रद निष्काशन पश्चात कायम हुने चुक्ता पुंजीको १० प्रतिशतका दरले २ करोड ३० लाख बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो  । साथै कर प्रयोजनको लागि १२ लाख १० हजार ५ सय २६ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको थियो । 

हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ५० लाख रहेकोमा शत प्रतिशत हकप्रदपछि चुक्ता पुंजी २३ करोड पुग्ने छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved