नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका ग्राहकले ह्याम्स अस्पताल छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 08:00:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र ह्याम्स अस्पतालबीच व्यवसायिक सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा अस्पतालका मार्केटिङ प्रबन्धक तेन्जिङ खुन्से बज्रचार्यकोे उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार मर्चेण्ट बैंकिङ्गका डिम्याड ग्राहकले अस्पतालमा छुट पाउने छन् । नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा मर्चेण्ट बैंकिङ्गको ठमेल शाखा मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट ग्राहकले अस्पतालले प्रदान गर्ने सेवामा छुट पाउने भएका हुन् । 

उपचारका लागि लाग्ने शुल्कमा १० प्रतिशत र फर्मेसीको लागि लाग्ने शुल्कमा ५ प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको हो ।

कार्यक्रममा मर्चेण्ट बैंकिङ्गका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख खतिवडाले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे भने ह्याम्स अस्पतालका प्रबन्धक मार्केटिङ प्रबन्धक बज्रचायले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने बताए । 

समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved