लक्ष्मी टेक्नो प्लाष्टले अंकित मूल्य मै आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 09:16:30 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले अंकित मूल्य मै आईपीओ निष्काशन गर्ने भएको छ । यस अघि प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको कम्पनीले अब भने अंकित मूल्य मै आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले चुक्ता पुंजी बढाउने र अंकित मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न जेठ १६ गते विशेष साधारणसभा आह्वान गरेको छ। विशेष साधारणसभा मकवानपुर्को हेटौडामा हुने छ ।

कम्पनीले आईपीओ निष्काशन गर्नको लागि यस अघि नै  नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्री प्रबन्धक चयन गरिसकेको छ ।

 लक्ष्मी टेक्नो प्लाष्टले सर्वसाधारणलाई सहभागी गराउने उद्देश्यका साथ रु. १०० अंकित दरका १४,००,००० कित्ताले हुन आउने रकम रु.१४,००,००,०००÷– (अक्षरुपी चौध करोड मात्र) बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो ।  

लक्ष्मी टेक्नो प्लास्ट लिमिटेड वि.सं २०७२ असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पव्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । उक्त कम्पनी प्लास्टिकजन्य सामग्री जस्तै सि.पि.भि.सि÷पि.भि.सि पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, प्लास्टिकको पानी ट्याड्ढी, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरु, प्लास्टिक जन्य घरेलु उत्पादनहरू जस्तै डस्टबिन, एयर टाइट जार, साबुन बार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर (प्लाष्टिकका थाल, कचौरा, चम्चा) आदि एउटै छातामुनी उत्पादन गर्ने नेपालको पहिलो र एक मात्र उत्पादनमुलक उद्योग हो । 

यसले CPVC/PVC पाइप र फिटिङ्गसका लागि मुख्यतया ओम शिवम पाइप्स एण्ड फिटिङ्स नामको तथा फर्निचर र अन्य घरेलु सामग्रीको लागि मेरिगोल्ड नामको ब्रान्डमा देशव्यापी रुपमा आधिकारिक वितरकहरू मार्फत आफ्नो उत्पादनको विक्रि वितरण गर्दै आएको छ । 

यो कम्पनी जेबी मारू ग्रुप अन्तर्गतको कम्पनी हो । जेबी मारू ग्रुप शिवम सिमेन्टको पनि संस्थापक शेयरधनी हो । लक्ष्मी टेक्नो प्लाष्टले शिवम नाम कै प्लास्टिकका सामग्री उत्पादन गर्दै आएको छ  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved