गणपति लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरेको छ ।
तनहुँ जिल्लाको शुक्लागण्डकी ४ मा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि बैशाख २५ गतेदेखि लागू हुने गरि पुन: एक वर्षको लागि एनआईएमबी एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
यस संगै अब गणपति लघुवित्तको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईएमबी एस क्यापिटलले गर्ने छ।