अपि पावरले माग्यो २ अर्ब बढीको हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 04:56:55 PM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनीले हकप्रद निष्काशनको स्वीकृति माग गर्दै विद्युत नियम आयोगमा आवेदन दिएको छ  । कम्पनीले १ः२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै आज बुधबार आयोगमा आवेदन दिएको हो  ।

कम्पनीले १ः२ को अनुपातमा एक सय रुपैयाँ अंकित दरमा २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद शेयर निष्काशनको स्वीकृत माग गरेको हो। हकप्रद बिक्रीपछि तीन अर्ब ४० करोड २० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

आयोगबाट स्वीकृति पाएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद बिक्रि गर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved