कसरी र कुन बेला भयो प्रकाश दाहालको निधन, यसो भन्छन् चिकित्सक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2017 | 11:10:22 AM मा प्रकाशित

laxmi  sunrise bank

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन अस्पतालमा नभई घर मै भएको खुलेको छ ।  दाहालको निधन राति ३ बजे नै भएको नर्भिकका चिकित्सकहरुले बताएका हुन्। 

नर्भिक अस्पतालका हृदयरोग विशेषज्ञ डाक्टर जेपी जैसवालले उनको घर मै मृत्यु भएको बताए । उनले भने 'आज बिहान ५:५० बजे अस्पताल ल्याएका प्रकाश दाहालको आकश्मिक हृदयघातका कारण निधन भइसकेको थियो। 'यहाँ ल्याइपुर्‍याउँदा शरीर चिसो र कडा भइसकेको थियो। उनको मृत्यु अस्पताल ल्याउन ३ घन्टाअघि नै भइसकेको थियो। यहाँ ल्याउँदा आँखामा कुनै रियाक्सन थिएन। पल्स पनि थिएन। केही खाएको पनि देखिँदैन।'

 भट्टले प्रकाशलाई दुई जना सुरक्षा गार्डले अस्पताल पुर्‍याएको तर  इसीजी गर्न खोज्दा उनको मृत्यु भईसकेको बताए । रिपोर्टमा प्रकाशले गएराती मादक पदार्थ सेवन गरेको नभेटिएको उनले बताए। ‘प्रकाशको शरिरमा कुनै चोट पनि छैन’ उनले भने, ‘ब्लड प्रेसर, डाइवेटिज केही देखिएन ।’

माओबादी केन्द्रले दिएको जानकारी अनुसार नर्भिक अस्पतालबाट १:३० बजे उनको शव पार्टी कार्यालय पेरिसडाँडा लगिने छ। त्यहाँ अन्तिम श्रद्धाञ्जली दिएर उनको शवलाई ४ बजे अन्तिम संस्कारको लागि आर्यघाट पुर्याईने छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved