९६ वर्षीय अामासहित कांग्रेस उम्मेदवारले प्रतिस्पर्धी गिरिराजमणि पोखरेललाई बधार्इ दिए

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 13, 2017 | 01:31:36 PM मा प्रकाशित

laxmi  sunrise bank

महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर -१ बाट पराजित उम्मेदवार सिताराम भण्डारीले बिजयी उम्मेदवार गिरिराजमणि पोखरेललाई बधाई दिएका छन।

नेपाली काग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका भण्डारी ले ९४७५ मत ल्याएर पोखरेल सङ्ग पराजित भएका हुन। मतदाताको घर-घरमा पुगेर आभार व्यक्त गर्ने क्रममा पोखरेल आफ्नो प्रतिस्पर्धी भण्डारीलाई भेट्न गौशाला नगरपालिका -१० भरतपुर स्थित भण्डारीको निवासमा नै पुगेका थिए।

बाम गठबन्धनका साझा उम्मेदवार पोखरेल घरैमा भेट्न आएपछि भण्डारी भावुक बने। भण्डारीले पोखरेलको प्रसंशा गर्दै पोखरेल सदाबहार नेता भएको प्रतिक्रिया दिए। भेटमा भण्डारीले पोखरेललाई जनताले दिएको मतको कदर गर्न आग्रह पनि गरे।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य एवम् बिना बिभागिय मन्त्री समेत रहेका पोखरेलले जनताले दिएको मतको सम्मान गर्ने बताए।हामी जनताको सेवक हौ, जुन पार्टीमा भएनी जनताको सेवा गर्ने बाहेक हाम्रो कुनै स्वार्थ छैन पोखरेलले भने: भण्डारी दाइ सङ्ग सल्लाह र सहकार्य गरेर अघि बढ्छु ।

नेपाली काग्रेसका उम्मेदवार भण्डारीको घरैमा पुगेका पोखरेललाई भण्डारीका ९६ बर्षिया आमा लक्ष्मिदेवि भण्डारीले टीका र माला लगाएर बधाई दिदै जो जहाँ भएनी मिलेर अघि बढ्न आग्रह गरे। ९६ बर्षिया वृद्ध भण्डारीले भनिन, जस्ले जिते पनि जनतालाई सुख र शान्ति मिलोस मेरो आशीर्वाद छ ।

महोत्तरी-१ को प्रतिनिधि सभा निर्वाचनमा पोखरेलले २३७७६ मत ल्याएर बिजयी भएका हुन। उनका निकटम प्रतिद्वन्द्वी सङघिय समाजवादी फोरमका लक्ष्मी महतोले १९४९२ मत पाए। काग्रेसका उम्मेदवार सिताराम भण्डारी भने ९४७५ मत ल्याएर तेस्रो स्थानमा रहे।

महोत्तरी-१ बाट प्रतिनिधि सभामा अत्याधिक मतले बिजयी गराएको भन्दै पोखरेलले आम मतदातालाइ घरैमा पुगेर धन्यवाद व्यक्त गरिरहेका छन।  पोखरेल आजपनी गौशला नगरपालिकाको तारा चौरी, भरतपुर, बटौवा, फुलकाहा लगायतकाको मतदाताको घर घरमा घरदैलो गरिरहेका छन।  


घरदैलोको क्रममा पोखरेललाई स्थानीय मतदाताले प्रत्येक घर घरबाट फुलमाला र अबिर लगाएर सम्मान व्यक्त गरेका छन । सयौं बालक, युवा, महिला र वृद्धहरुले पोखरेललाई भव्य स्वागत गरेका थिए ।


घरदैलोको क्रममा विभिन्न नाचगान सहितको हजारौंको भव्य र्याली निस्किएको थियो । घरदैलोको क्रममा महोत्तरी जिल्ला प्रतिनिधि सभा-१ को प्रदेश सभा-१ बाट बिजयी सारदादेवी थापा र प्रदेश सभा-२ बाट बिजयी भरतप्रसाद शाहलाई पनि मतदाताले भव्य स्वागत गरेका थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved