ललितपुर यातायात कार्यालयमा सुधार, छिट्टै हुन् थाले सेवाग्रहिको काम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2018 | 12:00:50 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवस्था विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयमा चालक अनुमतिपत्र बनाउन पुग्ने सेवाग्राहीले सजिलै र समयमै सेवा पाउन थालेका छन् । 

सेवाग्राहीले आधा/एक घण्टामा नै सेवा पाएर फर्कन सक्ने कार्यालयका प्रमुख तेज नारायण यादवले बताउनुभयो ।कार्यालयले प्रणालीमा गरेको सुधार, उपत्यकाका अरु तीन ठाउँमा सेवा शुरु तथा देशका अरु अञ्चल कार्यालयमा समेत स्मार्ट कार्ड शुरु हुँदा सेवाग्राहीले चाँडो सेवा पाउन थालेको उहाँको भनाइ छ । पहिले दैनिक ८०० जनाले चालक प्रमाणपत्रको फाराम भर्ने गरेका थिए । अहिले उक्त संख्या दुई पांग्रे र तीन पांग्रे दुवैमा २००/३०० को हाराहारीमा छ । 

उहाँले भन्नुभयो, “अहिले चाप कम भएकाले सेवाग्राहीलाई हामीले समयमै सेवा दिन सकेका छौँ र गुनासो पनि छैन ।” दुई महिना अघिसम्म कार्यालय समय १० बजेबाट शुरु भए पनि सेवाग्राही बिहान ४/५ बजेबाट नै लाममा बस्ने गरेका थिए । अहिले कार्यालय समयमा मात्र सेवाग्राही आउन थालेका छन् । 

उहाँले भन्नुभयो, “फाराम भर्न र लिखित परीक्षा दिन सेवाग्राहीले दिनभर बस्नुपर्ने अवस्था अहिले छैन ।” प्रविधि सुधारमा ध्यान दिएका कारण सेवाग्राहीले चाँडो सेवा पाएको यादवको भनाइ छ । - रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved