प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिए नदिएकोबारे छानविन सुरु, पुष्टि भए जेल सजाय हुन् सक्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2018 | 02:26:53 PM मा प्रकाशित

laxmi  sunrise bank

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई प्रधानन्यायधिशले ज्यान मार्ने धम्की दिएको हो कि होइन भन्ने बिषयमा महानगरीय प्रहरीवृत्त बानेश्वरले छानविन गर्ने भएको छ 

अधिबक्ता भण्डारीले आफुलाई प्रधानन्यायधिशबाट ज्यान मार्ने धम्की आएको भन्दै सो प्रयोजनको अगी प्रयोग भएको मोबाइल नम्बर सहित सिडिओ कार्यालय काठमाडौँमा उजुरी गरेका थिए । भण्डारीले आफुलाई पर्याप्त सुरक्षा उपलब्ध गराउन पनि माग गरेका थिए 

भण्डारीको निवेदन बुझेपछि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले  बिषयमा छानविन गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई निर्देशन दिएका छन्  ।लगत्तै काठमाडौँ प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले यस बिषयमा कल डिटेल मगाई छानविन गर्न  महानगरीय प्रहरीवृत्त बानेश्वरलाई पत्र पठाएका छन् । 

अब बानेश्वर वृत्तले पराजुलीले भण्डारीलाई ज्यान मार्ने धम्कि दिएको हो होइन भन्ने बारे छानविन गर्ने छ। ज्यान मार्ने मुद्दामा दोषी देखिए जेल सजाय हुने ब्यबस्था छ । 

यो पनि : 

प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीद्वारा सुरक्षा माग

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved