लहड र रहरले क्रान्ति हुन्न, सबै कम्युनिष्टको एउटै केन्द्र बन्नु जरुरी: प्रचण्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 13, 2018 | 02:56:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै कम्युनिष्टहरुलाई एउटै कम्युनिष्ट केन्द्रमा सामेल हुन आव्हान गरेका छन्  । ‘२३ औं जनयुद्द दिवस’को अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले समृद्धि हासिल गर्न र समाजवादमा जान ऐतिहासिक अवसर रहेकोले सबै कम्युनिष्टहरुलाई एउटै केन्द्रमा समाहित हुन आव्हान गरेका छन्  ।  

“लहड र रहरले क्रान्ति हुदैन, रहरले हुने भए २०४६ साल अघि नै जनयुद्द शुरु हुन्थ्यो' भन्दै अध्यक्ष प्रचण्डले छरिएर रहेका सबै कम्युनिष्ट पार्टीलाइ इतिहासको आवश्यकता बुझेर महान एकता प्रक्रियामा सहभागी हुन आव्हान गरेका छन।  

कम्युनिष्टहरु एकता र धुर्बिकरण नभए सम्म समाजबाद स्थापना हुन नसक्ने भन्दै अध्यक्ष प्रचण्डले विप्लव र वैद्यलाईइ द्वन्द्वात्मक भौतिकवादलाई यथार्थमा बुझ्न अपील गरेका छन् । 'माओले मास लाइनको कुरा गर्नुहुन्थ्यो, अहिले नेपाली जनताले के चाहेका छन्, त्यो बुझेर एकतामा आउन आव्हान गर्छु, अपील मात्रै होइन, विशेष अपील हो' प्रचण्डले भने। 

२०४६ साल अगाडि नै हतियार जम्मा गरेर क्रान्तिको तयारी गर्ने भएपनि त्यतिखेर आम जनता भने पञ्चायतविरोधी आन्दोलनको मनस्थितिमा रहेकोले छापामार युद्द सञ्चालन गरे पञ्चायतलाई नै सहयोग पुग्ने निश्कर्षमा पुगेर जनआन्दोलनमा सहभागी भएको प्रचण्डले बताए। 

“त्यतिखेर म पार्टीको महामन्त्री थिए र युद्दको प्राविधिक तयारीको जिम्मेवारी पनि मेरो नै थियो, हामीले बस्तुगत अवस्थाको विश्लेषण गर्दा नयाँ जनवादी क्रान्ति सुरु गर्दा पञ्चायतलाई नै फाइदा पुग्ने लाग्यो, जनताको चाहना पञ्चायत फाल्ने थियो र हामी संयुक्त आन्दोलनमा होमियौं ”-प्रचण्ड 

२०४६ पछि पाँच वर्ष संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्दको शुरुआत गर्नु आत्मगत र बस्तुगत दृष्टिकोणले वैज्ञानिक थियो भन्दै प्रचन्डले  त्यतिखेर संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्दको आधार तयार पारेको बताए  । “सबैलाई स्मरण गराउन चाहन्छौं, हामी त्यतिखेर पनि संसदवादमा फसेनौं । इतिहासमा सधैं अगाडि बढेर मात्रै क्रान्ति हुँदैन । कतिपय अवस्थामा पछाडि हटेर पनि अगाडि बढनुपर्छ । यसो गरिएमात्रै क्रान्ति सफल हुन्छ ।” प्रचण्डले भने “अहिले हामी फेरी त्यही अवस्थामा छौं, तर अब समाजवादी क्रान्तिको अभिभारा हाम्रा अगाडि आएको छ । समाजवादका लागि झन ठूलो जनताको साथ र शक्ति आवश्यक हुन्छ । त्यो शक्ति सञ्चय गरेर अघि बढन नेपालका सबै कम्युनिष्टहरु एक बन्नु जरुरी छ । अहिलेको ऐतिहासिक बस्तुगत अवस्था यही हो ।” 

इतिहासको यही आवश्यकतालाई बोध गरेर नेकपा एमालेसँग पार्टी एकता भइरहेको बताउँदै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणमा जनयुद्दको विशेष भूमिका रहेको कुरा बुझ्नुभएको बताए। 

“सम्भवतः ऐतिहासिक जनयुद्दकै दिन पार्टी एकता टुंगोमा पुर्याउने कोशीस भइरहेको छ' प्रचण्डले भने। २०४८ सालको संसदीय निर्वाचन उपयोग गर्दा र पछि जनयुद्द सञ्चालन गर्दा समेत बिभिन्न कोणबाट आलोचना भएको स्मरण गर्नुहुँदै अध्यक्ष प्रचण्डले द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट जनयुद्द ६ महिना या १ वर्षमा नै सकिन्छ भन्ने र संसदवादमा गएर टुंगिन्छ भन्नेहरु गलत साबित भएको बताए  । 

त्यतिखेर जनयुद्द समाप्त पार्न र अहिले कम्युनिष्ट एकताको महान अभियान बिथोल्न संसारभरिका प्रतिक्रियावादीहरु सक्रिय भएको बताउदै अध्यक्ष प्रचण्डले सबै वामशक्तिहरु एक ठाउँमा हुने अवस्थामा नेपालमा समाजवाद निर्माण र समृद्धिको आधार तयार गर्न सकिने बताए  । 

प्रचण्डबाट २३ औ जनयुद्द दिवस २३ किलोको केक काटेर उद्घाटन भएको थियो। नेकपा माओवादी केन्द्रका अधिकांश केन्द्रीय नेता सहभागी कार्यक्रममा नेक्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट सयबढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए। 

नव प्रवेशीहरुले नेपाली क्रान्तिको कार्यदिशा र बाटोलाई प्रचण्डले मात्रै व्याख्या गर्न सक्ने बताउँदै समाजवादी क्रान्तिको कार्यदिशामा होमिन आफूहरुले माओवादी केन्द्रमा प्रवेश गर्ने निर्णय लिएको बताएका थिए ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved