'पदमुक्त' पराजुलीले आजै राजिनामा बुझाउन सक्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 15, 2018 | 08:39:13 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले आजै राजिनामा बुझाउन सक्ने अनुमान गरिएको छ। प्रधानन्यायाधीश पराजुलीको नाम सर्वोच्च अदालतको आधिकारिक वेभसाइटबाट नै हटाइएको र कायममुकाम प्रधानन्यायाधीशको जिम्मेवारी दिपकराज जोशीलाई दिइएकाले पराजुलीले आज नै राजिनामा बुझाउन सक्ने अनुमान गरिएको हो।

न्यायपरिषदले ‘पदमुक्त’ गरेका प्रधानन्यायाधीश पराजुली सर्वोच्चमा अनुपस्थित भएसंगै कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका जोशीले पेशी समेत तोकी सकेका छन।  न्याय परिषद सचिवालयले पराजुलीलाई अवकाश भइसकेको पत्र पठाएपछी उनी सर्वोच्च अदालत नजाने मनस्थिति बनाएका थिए।

बुधबार साँझ बिबिसी सेवासंगको कुराकानी र बिहिबार बिहान विभिन्न मिडियालाई दिएको अन्तर्वार्तामा पराजुलीले सर्वोच्च अदात जाने बताएका थिए। तर सर्वोच्चमा जाँदा दुई दुई जना प्रधानन्यायाधीश हुने देखिएकाले पराजुलीले सर्वोच्च अदालत नजाने मनस्तिथिमा पुगेको स्रोतको भनाई छ। 

बिहिबार साँझ अबेर गरि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका पराजुलीले त्यहाँबाट सकारात्मक जवाफ नपाएपछी सर्वोच्च अदालत नजाने मनस्तिथिमा पुगेको हुन सक्ने स्रोतको भनाई छ। 'अटेर गरे मानहानीको मुद्दा लाग्ने सक्ने चेतावनी दिइएको छ, त्यसैले उहाँले (पराजुली) पछि हट्ने निर्णय गर्नुभएको हुन सक्छ' स्रोतको भनाई छ। 


      

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved