बाहिरी चक्रपथ निर्माण : मूख्य सडकमा पर्ने एक सय घर भत्काइने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 15, 2018 | 10:25:11 AM मा प्रकाशित

laxmi  sunrise bank

बाहिरी चक्रपथको मूख्य सडक (५० मिटर)को सिमानामा पर्ने घरहरु मात्र भत्किने भएको छ । बाहिरी चक्रपथको सडक सिमाना क्षेत्र भित्र पर्ने घरहरु मात्र भत्किने चक्रपथ विस्तार आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिएका हुन् । आयोजनाले पाइलट प्रोजेक्टको रुपमा चोभार–सतुंगल खण्ड विस्तार गर्न लागेको हो । 

‘भौतिक पूर्वाधारमा क्षति नपुर्याउनेगरी चक्रपथ बनाउने हाम्रो योजना हो, हदैसम्मको प्रयास गर्दा पनि एक सय जति घर भत्काउनु पर्ने अवस्था छ,’ अधिकृत सापकोटाले बिजपाटीसँग भने ।

आयोजनाले ल्याण्ड पुलिङ (जग्गा अधिकरण)को अवधारणा अनुसार चक्रपथ विस्तार गर्न लागेको हो । अधिकरण गरिएको जग्गामा सरकारले शहरका लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्नेछ । पूर्वाधार निर्माणका लागि खर्च भएको रकम कट्टा गरेर आयोजनाले पुनःजग्गा स्थानियलाई फिर्ता गर्ने छ । 

घरहरु लगायतको भौतिक संरचना भत्काउनु पर्ने अवस्थामा भने आयोजनाले सरकारी मापदण्ड अनुसार मुआब्जा वितरण गर्ने अधिकृत सापकोटाले बताए ।

चक्रपथको अवधारणा २०५७ सालदेखि शुरु भएको थियो । भने २०६१÷६२ सालदेखि निर्माण प्रक्रिया अघि बढेको थियो । लामो समयको राजनीतिक संक्रमण र विविध कारणले महत्वकांक्षी आयोजना अघि बढ्न सकेको थिएन् ।

२०७५ वैशाख ४ मन्त्रिपरिषद्ले चोभार–सतुंगल खण्डको डीपीआर स्वीकृत गरेसँग चक्रपथ विस्तार अघि बढ्ने भएको हो । चक्रपथ विस्तारका लागि ७ हजार ८ सय रोपनी तथा १४ हजार ७ सय कित्ता जग्गा अधिकरण गर्नुपर्ने हुन्छ । सो खण्डको ६ खर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । चक्रपथ विस्तारका लागि चीन सरकारले इच्छा देखाएको आयोजनाले जानकारी दिएको छ ।

काठमाडौं उपत्यका बन्ने ४ वटा नयाँ शहरमध्ये ३ वटाको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) बनाउन ठेक्का सम्झौता भएर काम अघि बढिसकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved