विदा भए हजारौलाई नयाँ जीवन दिएका डा उपेन्द्र देवकोटा, राजकीय सम्मानका साथ अन्त्येष्टि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 19, 2018 | 07:11:51 PM मा प्रकाशित

laxmi  sunrise bank

वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 
त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गरेका थिए । 

श्रीमती मधु देवकोटा दीक्षित, छोरीहरु मेघा, वसुधा र मञ्जरीले पार्थीव शरीरमा दागबत्ती दिएका हुन् । पित्त नलीको क्यान्सरबाट छ महिनादेखि पीडित डा देवकोटाको सोमबार ३ः३५ बजे बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो ।   उनी त्यस अस्पतालका संस्थापक तथा प्रख्यात स्नायुरोग विशेषज्ञ थिए । देवकोटाले आफैले स्थापना गरेको अस्पतालमा अन्तिम सास लिएका हुन् । 

आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका थिए । 

देवकोटाको पार्थिव शीरमा ढाकाटोपी लगाइएको थियो । परिवारका अनुसार देवकोटाकै इच्छाअनुसार उनलाई ढाकाटोपी, दौरासुरुवाल र कोट लगाइएको हो। 

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका डा देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका अस्पताल परिसरमा राखिनेछ भने त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको हो ।  

विसं २०१० पुस ४ गते गोरखाको पण्डितगाउँ लिगलिगमा जन्मेका डा देवकोटाका श्रीमती र तीन छोरी छन् । श्रीमती डा मधु दीक्षित तथा छोरीहरु मेघा, वसुधा र मञ्जरीले उनको काजक्रिया गर्ने छन्  ।  काजक्रिया सात दिनमा सक्ने  जनाइएको छ । 

  छ महिनाअघि बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गर्न लगिए पनि रोग निको नहुने भएपछि उनी स्वदेशमै देहत्याग गर्ने इच्छासहित स्वदेश फर्केका थिए । बिरामी अवस्थामा नै आफू जन्मेको घरको पिँढीमा सुस्ताउने र त्यहाँको सिस्नेधाराको पानी पिउने इच्छा गरेबमोजिम उनलाई गत जेठ २६ गते हेलिकप्टरमा त्यहाँ लगिएको थियो । 

उनकै नेतृत्वमा वीर अस्पतालमा सन् १९८९ मा न्युरोसर्जरी विभाग बनेको हो। वीर अस्पतालको सरकारी सेवामा उनले २५ वर्ष बिताए। त्यसपछि उनले बाँसबारीमा न्युरो अस्पताल खोलेर सेवा दिन थालेका थिए। आफ्नो  ३४ वर्षको सेवा अवधिमा उनले २५ हजार भन्दा बढीको शल्यक्रिया गर्दै हजारौलाई नयाँ जीवन देवकोटा आज आफै विदा भएका छन्   । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved