नेपाल लाइफको ४३ लाख कित्ता संस्थापक सेयर साधारणमा परिणत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 22, 2018 | 12:11:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्समा संस्थापक शेयरधनीको हिस्सा ६० प्रतिशत कायम भएको छ । कम्पनीले दश प्रतिशत संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गरेसंगै कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ६० प्रतिशत तथा साधारण शेयरधनीको हिस्सा ४० प्रतिशत कायम भएको हो । 

नेप्सेले  कम्पनीको ४३ लाख ९५ हजार कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरेसंगै शेयर अनुपात ६०:४० कायम भएको हो ।

कम्पनीको १८ औं बार्षिक साधारण सभाले दश प्रतिशत शेयर रुपान्तरण गर्ने प्रस्ताव पारित गरेको थियो।  साउन २५ गतेसम्म कायम रहेको संस्थापक सेयरधनी लगतका आधारमा समानुपातिक रुपमा सेयर परिवर्तन गरेको हो । 

 यसअघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र साधारण शेयरधनीको ३० प्रतिशत शेयर रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved