आजबाट ४ दिन सम्म पुरानो बसपार्क बन्द, यी हुन् अब गाडी छुट्ने स्थान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2018 | 09:04:07 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको खुलामंच स्थित बसपार्क आज मंगलबारबाट ४ दिन सम्मको लागी बन्द हुने भएको छ । बसपार्क मर्मत गर्नु पर्ने भएकाले बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ  । 

बसपार्क बन्द हुने भएकोले अरनिको राजमार्ग हुदै खुल्लामंच आउने ठुला यात्रु बहाक सवारी साधनलाई कोटेश्वबाटै ड्राइभर्सन गरि सातदोबाटो, कलंकी, हुदै नया बसपार्क तर्फ पठाइएको छ । धुलिखेल, बनेपा, पनौती तथा 

 सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत जिल्लाका गाडीहरु अब नयाँ बसपार्कबाट छुट्ने छन्।


यता साखुँ, बौद्ध, चावहिल, थानकोट लगायतका स्थानहरुबाट खुलामंच स्थित बसपार्कका आउने सवारी साधनहरुलाई भने रत्नपार्क वरपर पिक एण्ड ड्रप मात्रै गर्ने व्यवस्था मिलाइएको छ । 

बसपार्कबाट काठमाडौँ र भक्तपुरको लागि जाने बस तथा माइक्रोहरुले पनि   त्यहि नै यात्रु चढाउने  र झार्न सक्ने छन् 

। तर यिनीहरुलाई पनि पार्किङ निषेध गरिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved