भारतबाट आएर शिक्षकको हत्या, प्रहरीलाई गोली हानी हत्यारा फरार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 12:56:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनसरीमा बिहिबार अज्ञात समुहले गोली प्रहार गरी एक जना हत्या गरेका छन्  । सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहामा भारतबाट आएको अज्ञात हतियारधारी समुहले बिद्यालयका शिक्षकको हत्या गरेका हुन्  ।

उनीहरुले रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेका हुन् ।  उनको टाउको र छातिमा गोली लागेको छ। 

गोली हानेर भारत भाग्नेक्रममा सीमामा खटिएका प्रहरीले रोक्ने प्रयास गरेपनि उनीहरुले प्रहरी माथि नै गोली चलाएर भागेको बताईएको छ । गोली लागि प्रहरी जवान शिव पौडेल घाइते भएका छन् ।  उनीहरुको खोजि कार्य जारी रहेको प्रहरीले बताएको छ  । गोली प्रहारको कारण बारे केही खुलेको छैन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved