अन्सारीको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्रीको प्रतिबद्धता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 08:09:29 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीका खुर्शिद अन्सारीको हत्यामा संलग्न रहेकालाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त  गरेका छन्  ।  घटनाबारे जानकारी गराउन र अपराधीलाई पक्राउ गर्न माग गर्न गृहमन्त्री समक्ष पुगेका नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री थापाले आफुले घटनालाई गम्भिर रुपमा लिएको बताउदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त  गरेका हुन् । 

 घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै गृहमन्त्री थापाले अपराधी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याईछाड्ने प्रतिबद्दता जनाएका हुन् । प्रतिनिधि मण्डल समक्ष मन्त्री थापाले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने पनि प्रतिबद्दता ब्यक्त गरेका छन् । उनले मृतक अन्सारीप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानीयहलाई संयमित हुन समेत आग्रह गरेका पनि गरेका छन् ।  

बिहिबार बिहान भारतबाट मोटरसाइकलमा आएको अज्ञात समुहले  सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहामा गोली हानी उनको हत्या गरेको हो । हत्या गरिएका अन्सारी रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष समेत थिए  । उनी तत्कालिन नेकपा (एमाले) का सुनसरी जिल्ला सल्लाहकार र मुस्लिम समुदायको मौलाना गुरु समेत हुन् ।

यो पनि :

भारतबाट आएर शिक्षकको हत्या, प्रहरीलाई गोली हानी हत्यारा फरार


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved