निर्मला हत्या प्रकरण: एसपी बिष्ट र इन्स्पेक्टर भट्टले बुझाए स्पष्टीकरण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 25, 2018 | 08:09:12 AM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक दिलीपसिंह विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको लिखित स्पष्टीकरण आज मन्त्रालयमा बुझाइएको छ । 

प्रहरी प्रधान कार्यालयले विष्ट र भट्टको स्पष्टीकरण बुझाएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । उहाँका अनुसार उक्त स्पष्टीकरणमाथि अध्ययन  शुरु भएको र कानूनी प्रक्रिया पूरा गरेर त्यसबारे निर्णय लिइनेछ । 

मन्त्रालयका सहसचिव हरि मैनाली र तत्कालीन प्रहरी नायब महानिरीक्षक धिरु बस्नेतको संयोजकत्वमा गठित समितिले घटनाको स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved