अस्पतालबाटै देशवासीलाई प्रधानमन्त्रीको १ पेज लामो संदेश (पूर्णपाठसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 30, 2018 | 05:22:05 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज एक सन्देश प्रकाशन गर्दै सो प्रतिवद्धता व्यक्र गरेका हुन्  । “चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्  “विगतमा झैं समग्र देशवासी दिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु । ” प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन्  ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved