गलत प्रयोग गरेपछि ओशो तपोवनलाई दिएको ३७ रोपनी वनक्षेत्र सरकारले फिर्ता लियो

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 01, 2018 | 05:17:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ओशो तपोवनलाई दिइएको ३७ रोपनी बनक्षेत्र फिर्ता लिएको छ । स्वामी आनन्द अरुण संस्थापक रहेको तपोवनबाट शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जले वनक्षेत्र फिर्ता लिएको हो । धार्मिक वनका रुपमा उपभोग गर्न दिइएको ३७ रोपनी वन क्षेत्रमा ओशो तपोवनका सञ्चालकले सडक निर्माण गरेपछि फिर्ता लिईएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुवँवरले जानकारी दिए । 

‘२०६२ सालमा धार्मिक वनका रुपमा प्रयोग गर्न दिइएको क्षेत्रमा नियमविपरित सडक निर्माण गरेको भेटियो, धार्मिक वनक्षेत्रमा वातावरणमा प्रतिकूल असर पर्ने खालको गतिविधि भएपछि सोधिएको स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ नआएपछि फिर्ता लिएका हौँ ।’ कुँवरका अनुसार ओशो तपोवनले धार्मिक वनमा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ विपरित गतिविधि गरेको पाइएको बताईएको छ । 

फिर्ता लिईएको निकुञ्जसँग वनक्षेत्र सामुदायिक वनलाई दिईने जनाईएको छ । ‘ओशो तपोवनबाट फिर्ता लिएपछि अब यो वन क्षेत्र स्थानीय मुर्कु सिर्जनशील महिला सामुदायिक वन उपभोक्ताा समूहलाई हस्तान्तरण गर्छौँ’ कुवँरले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved