रोकिएन टिपर आतंक, एक जनाको मृत्यु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 13, 2018 | 02:47:58 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

दाङमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डको रावतगाउँ चोक नजिकै आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको घटनास्थलमै मृत्यु भएको छ । 

घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाइकललाई रा १ क ५८२ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१६ सानीअम्बापुर निवासी ४२ वर्षीय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो । 

खत्रीलाई टिपरले च्यापेको छ । ठक्करपछि सडकदेखि तल खसेका मोटरसाइकल चालक सानीअम्वापुरकै वसन्त गिरी घाइते भएका छन् । गिरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरी चौकी सर्राले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विवेक महराले जानकारी दिए  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved