अहिले सम्मकै ठूलो आकारको टोपी प्रर्दशनको तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 09:38:58 PM मा प्रकाशित

laxmi  sunrise bank

यस पटकको टोपी दिवसमा अहिले सम्मकै ठूलो आकारको टोपी प्रर्दशन हुने भएको छ  । विगत ६ वर्ष देखि राष्ट्रिय रुपमा नेपाली टोपी दिवस मनाउँदै आएको सामाजिक संस्था जागरुक युवा अभियान नेपालले यस पटक अहिले सम्मकै ठूलो आकारको टोपी प्रर्दशन गर्ने भएको हो ।

संस्थाले आज पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । आयोजक संस्थाका संयोजक घनश्याम श्रेष्ठले यस पटकको कार्यक्रमलाई बिगत भन्दा केहि पृथक बनाउने उदेश्यले ठूलो आकारको टोपी प्रर्दशन गर्न लागेको जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार उक्त टोपीको गोलाई ५ मिटर रहने छ । संस्थाले आगामी पुस १७ गते अर्थात् अंग्रेजी वर्षको पहिलो दिन जनवरी १ तारिखमा हुने टोपी दिवसको सम्पूर्ण तयारी समेत सकिएको जनाएको छ । 

संस्थाले विगत ६ वर्ष देखि औपचारिक रुपमा नेपाली टोपी दिवस मनाउँदै आएको छ । यसवर्ष पनि त्यसकै निरन्तरता स्वरुप छैठौं नेपाली टोपी दिवस मनाउन थालेको हो । पुस १७ गते राजधानीको माइतीघर मण्डलामा उपस्थित भई नयाँ बानेश्वर सम्म प्रभातफेरी कार्यक्रम तय गरिएको संस्थाले जानकारी दिएको छ । त्यस दिन सबैलाई सम्भव भएसम्म राष्ट्रिय पोशाकमा र त्यो सम्भव नभए नेपाली टोपीमा सजिएर  उपस्थिीत हुन पनि संस्थाले अनुरोध गरेको छ ।

यो पनि : 

छैठौँ नेपाली टोपी दिवस मनाईदै

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved