२ तिहाईको सरकार हुँदा झन् घट्यो बैदेशिक लगानी, पहिले आएका १० देश गुमनाम

चीनलाई भारतले उछिन्यो
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 08, 2019 | 05:36:02 PM मा प्रकाशित

laxmi  sunrise bank

 आइतबार संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले गर्वका साथ बैदेशिक लगानीका परियोजना संख्यामा २५ प्रतिशतले वृद्धि भएको तथ्यांक पेश गरे । लाग्न सक्छ परियोजना संख्या २५ प्रतिशतले बढ्दा नेपाल भित्रने बैदेशिक लगानी पनि सोहि अनुपातमा बढेको होला । तर यथार्थमा त्यसको ठिक बिपरित भएको छ ।  

उद्योग मन्त्रालय अन्तर्गतको उद्योग बिभागका अनुसार चालु आर्थिक बर्षको पहिलो ५ महिनाको अवधिमा बैदेशिक लगानी ९ अर्ब ४८ करोड रहेको छ । जबकी गत आथिक बर्षको सोहि अवधिमा बैदेशिक लगानी १३ अर्ब १३ करोड रहेको थियो । यस हिसाबमा पहिलो ५ महिनाको अवधिमा बैदेशिक लगानी  ३ अर्ब ६५ करोडले घटेको छ । 

लगानी घटेपनि प्रधानमन्त्री ओलीले भने झैँ परियोजना भने बढेको छ ।  गत आथिक बर्षको पहिलो ५ महिनामा १४४ परियोजनामा बैदेशिक लगानी आएकोमा चालु आर्थिक बर्षको सोहि अवधिमा १७३ परियोजनामा बैदेशिक लगानी आएको हो । त्यस्तै गत आर्थिक बर्षमा २९ देशबाट बैदेशिक लगानी भित्रिएकोमा चालु आर्थिक बर्षमा सो संख्या घटेर २६ मा सिमित भएको छ ।  

गत आर्थिक बर्षमा सबै भन्दा धेरै लगानी चीनबाट आएकोमा यस आर्थिक बर्षमा भारतले चीनलाई उछिनेको छ ।  यस आर्थिक बर्षमा सबै भन्दा धेरै भारतबाट ४ अर्ब ५० करोडको बैदेशिक लगानी आएको छ । जबकी चीनबाट केवल १ अर्ब ७८ करोडको लगानी भित्रिएको छ ।  गत आर्थिक बर्षको समिक्षा अवधिमा चीनबाट ८ अर्ब र भारतबाट ३ अर्बको लगानी भित्रिएको थियो । परियोजनाको हिसाबमा भने भारतले चीनलाई पछाडी पार्न सकेको छैन ।  गत आर्थिक बर्षमा चीन र भारतले क्रमश ५९ र २० आयोजनामा लगानी गरेका थिए भने यस आर्थिक बर्षमा यो संख्या क्रमश ८१ र २५ रहेको छ ।  

गत आर्थिकबर्षमा लगानी गरेका ११ वटा देश यस पटक गुमनाम रहेका छन् ।  गत आर्थिक बर्ष नेपालमा लगानी गरेका अष्ट्रेलिया, ब्राजिल, क्रोएसिया, डेनमार्क, इजरेल, पोल्याण्ड, स्पेन, स्वाजील्याण्ड, सिरिया, हंगकंग र भियतनामले यस पटक लगानीमा चासो दिएका छैनन् ।  तर गत बर्ष लगानी नगरेका ९ नयाँ देशले भने लगानी गरेका छन् । क्यानाडा , ताइवान, आयरल्याण्ड, मोरिसस, न्युजील्याण्ड, नर्थ कोरिया, कतार, थाईल्याण्ड, र युक्रेन नयाँ देशको रुपमा लगानी गर्न आएका हुन् ।  

उद्योग बिभागका तथ्यांकलाई हेर्दा दुई तिहाइको स्थिर हुँदा पनि नेपाल आउने बैदेशिक लगानीको मात्रा घटेको हो । उद्योग बिभागले भने पहिलो ५ महिनामा हाइड्रोपावर कम्पनी हरुमा  कम लगानी आएकोले तुलनात्मक रुपमा लगानी घटेको देखिएको हो । उद्योग विभाग वैदेशिक लगानी शाखाका निर्देशक प्रशान्त बोहरा सरकारले बिदेशीलाई हाइड्रोमा लगानी गर्न अनुमति दिए लगानी बढ्ने बताउछन् । उनले भने 'ठुलो लागनी हाइड्रोमा हुन्छ, हाइड्रोको लगानी आए मात्र बैदेशिक लगानी बढेको देखिन्छ'। 

सरकारले भने नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते लगानी सम्मेलन गर्दै छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved