शहिद दिवस : प्रदेशले दिएको सार्वजनिक विदा काठमाडौँमा लागु भएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 08:28:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आज देशभर शहीद दिवस मनाइँदै छ । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै हरेक बर्ष माघ १६ गतेका दिन शहिद दिवस मनाईने गरेको छ । 

वीर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको स)घर्षमय जीवन र वलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । 

शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । 

 प्रदेश ३ ले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर केन्द्र सरकारले भने यस प्रदेशले विदा दिए पनि केन्द्र सरकार मातहत रहेका कार्यालयहरुमा विदा नदिने भएको छ । 

यो पनि  : 

प्रदेशले दिएको बिदा काठमाडौँमा लागू नहुने

 



 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved