सेती किनारमा अस्ताए अधिकारी, श्रीमती र छोराहरुले दिए दागबत्ती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2019 | 06:17:58 PM मा प्रकाशित

laxmi  sunrise bank

हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अन्त्यष्टि गरिएको छ  । राजकीय सम्मानका साथ  पोखराको रामघाटस्थित सेती नदीको किनारमा उनको अन्त्यष्टि गरिएको हो  । उनलाई श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका हुन् । 

अधिकारीको शव काठमाडौँबाट आज दिउँसो पोखरा लागिएको थियो। त्यहाँ शवयात्रापछि उनको अन्त्यष्टि गरिएको हो। पोखराको प्रदर्शनी केन्द्रबाट शुरु भएको शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा र गीता मन्दिर मार्ग हुँदै रामघाट पुगेको हो । 

अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन पप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका केन्द्रीय सदस्य योगेश भट्टराईलगायत पार्टीका हजारौँ कार्यकर्ताका पोखरा पुगेका थिए । 

अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारको तयारी छ । काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved