प्रमुख शहरमा बहुतले बसपार्क बन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 05:34:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सार्वजनिक सवारी साधनको व्यवस्थापन गर्न बहुतले बसपार्क निर्माण गर्ने भएको छ । सरकारको नीति तथा सार्बजनिक कार्यक्रम सार्बजनिक गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले देशका प्रमुख शहरहरुमा बहुतले बस पार्क निर्माण कार्य अगाडी बढाईने बताएकी हुन्  ।

त्यस्तै सरकारले शहरी क्षेत्रमा सव वे र फ्लाइ ओभर निर्माण गर्ने जनाएको छ । काठमाडौं उपत्यका र ठूला सहरमा सरकार र निजी क्षेत्रको सहभागीतामा विद्युतीय सवारी साधन चलाउने विद्युतीय सवारी साधन प्रोत्साहन गरिने पनि राष्ट्रपति भण्डारीले बताएकी छिन ।  ठुला सर्वजनिक सवारी साधन सञ्चालन गर्न प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै सार्वजनिक यातायातमा यात्रा कार्डको व्यवस्था गर्ने र यातायात प्राधिकरण स्थापना गरिने पनि सरकारले जनाएको छ   । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved