युवतीमाथि एसिड प्रहार गर्ने व्यक्ति श्रीमान भएको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 11:35:04 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको कालोपुलमा बुधबार राति युवतीमाथि एसिड प्रहार गर्ने उनकै श्रीमान भएको खुलासा भएको छ। कालोपुल नजिकै डेरा गरी बस्‍ने विष्णु भुजेलले २० वर्षीया श्रीमती जेनी खड्‍कालाई एसिड प्रहार गरेको खुल्न आएको हो।

भुजेललाई महानरीय प्रहरी परीसरको टोलीले पेप्सीकोलाबाट घटना भएको केहि समयमै पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले पुष्टि गरेका छन्। पक्राउ परेका भूजेललाई महानरीय प्रहरी परीसर काठमाडौं लगिएको छ।

एसिड प्रहारबाट घाइते भएकी जेनी खड्‍कालाई थप उपचारका लागि किर्तिपुर अस्पताल रिफर गरिएको छ । उनलाई उपचारका लागि तत्काल चाबहीलस्थित ओम अस्पताल लगिएको थियो। अहिले थप उपचारका लागि किर्तिपुर अस्पताल लगिएको छ। 

डीआईजी पोखरेलका अनुसार एसिड प्रहार गर्नुको कारणबारे अनुसन्धान भईरहेको छ। ती युवतीको अनुहार र शरीको केही भाग जलेको छ ।  




 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved