नेकपा नेतृत्त्वको अर्थतन्त्र: व्यापार घाटाको ग्राफ झनै बढ्यो, बिदेशी लगानी पोहोरभन्दा आधा

विजय पराजुली

विजय पराजुली

May 20, 2019 | 10:54:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा नेतृत्त्वको सरकारका धेरैजसो आर्थिक सूचकको अवस्था निराशाजनक देखिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक बर्षको ९ महिनाको प्रतिबेदनले अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरु निराशाजनक देखाएको छ। 

नेपालको लागि टाउको दुखाई बनेको व्यापार घाटा झनै बढेको छ भने आयात क्षमता घटेको छ। नेपालको व्यापार घाटा ९ खर्ब ९१ अर्ब ८१ करोड पुगेको छ। गत आर्थिक बर्षको तुलनामा ब्यापार घाटा २१.६ प्रतिशतले बढेको छ। राष्ट्र बैंकको प्रतिबेदनमा व्यापार घाटा अचाक्ली बढेको देखिएको छ। ९ महिनामा १० खर्ब ६१ अर्ब ६३ करोड रुपैयाँको सामान विदेशबाट आयात हुँदा नेपालले भने जम्मा ६९ अर्ब ८२ करोडका सामान  निर्यात गरेको छ ।   

त्यस्तै विदेशी विनीमय संचिति निरन्तर रुपमा घटेको छ । मुलुकमा भित्रिने बैदेशिक मुद्राको तुलनामा बाहिरिने मुद्रा बढी हुँदा संचित घटेको हो। आयात अत्यधिक बढ्दा बिदेशी मुद्रा संचितिमा असर परेको हो। यसले विदेशबाट बस्तु तथा सामान आयात गर्ने नेपालको क्षमता घटेको देखाउछ। 

विदेशी विनिमय सञ्चितिले ९ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । जबकी आर्थिक वर्षको सुरुमा नेपालसँग रहेको विदेशि विनिमय संचितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने अवस्था थियो। बिगतको तुलनामा बैदेशिक रोजगारीमा जानेको संख्या घट्दा नेपाल भित्रिने रेमिट्यान्स घटेको छ। यसले पनि नेपालको बिदेशी मुद्रा संचिति क्षमतामा ह्रास आएको हो। 

मुलुकमा रेमिट्यान्स लगायतको माध्यबाट भित्रिने भन्दा ब्यापार घाटाको कारणले बाहिरिने विदेशि मुद्रा बढी हुँदा कुल विदेशी विनिमय सञ्चिति घटेर १० खर्ब ५० अर्ब ८५ करोड कायम भएको छ । आर्थिक वर्षको सुरुमा यस्तो सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा थियो । 

बिगत १ बर्षदेखि मलेसियाको रोजगारी बन्द हुँदा त्यसको असर बैदेशिक रोजगारीमा परेको हो। अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको ३९.३ प्रतिशतले घटेको छ। तर प्रतिबेदनमा रेमिट्यान्स २०.९ प्रतिशतले बढेर ६ खर्ब ५३ अर्ब १९ करोड पुगेको देखाइएको छ। जुन अनुपातमा रेमिट्यान्स बढ्नुपर्ने हो त्यस अनुपातमा बढ्न सकेको छैन। गत आर्थिक वर्षको सोही अवधिमा रेट्यिान्स ५.६ प्रतिशतले बढेको थियो।        

यस्तै समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड रहेकोे छ ।  गत आर्थिक वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १३ अर्ब १५ करोड रहेको थियो । बैंदेशिक लगानी सहित समृद मुलुकको नारा लगाइरहेको सरकारलाई प्रत्यक्ष वैदेशिक लगानीले पनि साथ दिएको देखिदैन । गत आर्थिक वर्षको चैत्रमा १४ अर्ब ४१ करोड रहेको प्रत्यक्ष वैदेशिक चालु आर्थिक वर्षमा घटेर  ७ अर्ब १० करोडमा सिमित भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved