बम बिस्फोट: बिहान र बेलुकाको टाइम झुक्किदा विप्लब कार्यकर्ता कै ज्यान गयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 06:07:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार बेलुका काठमाडौँका २ स्थानमा भएको बम विस्फोटमा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्  । घाइते र मृतकहरु विप्लब समुहका कार्यकर्ता रहेको पुष्टि भएको छ  । आइतबार बेलुका घट्टेकुलो र शुकेधारामा बम बिस्फोट भएको थियो  । 

समुहले सोमबार आह्वान गरेको नेपाल बन्द सफल पार्नको लागि भन्दै बम तयार पारेका थिए  । तर बमको टाइमर मिलाउन नजान्दा अघिल्लो दिन नै पड्किएको  । प्रहरीका अनुसार उनीहरुले सोमबार बिहान ४:१५ मा पड्किने गरी समय मिलाउन खोजेका थिए  । तर एम र पीएम अर्थात बिहान र बेलुकाको समयमा झुक्किदा आफ्नै कोठामा १२ घण्टा अगाडी नै बम पड्किएको हो  । उनीहरुले सोमबार बिहान ४:१५ को लागि टाइमर राख्न खोजेको तर झुक्किएर आइतबार बेलुका ४:१५ को टाइम राख्न पुगेको प्रहरी अनुसन्धानले देखाएको छ  । 

घट्टेकुलो ४ः१५ मा घरको कोठाभित्र विस्फोट हुँदा विप्लव समूहको विद्यार्थी संगठनका सिटिइभिटी कमिटीका अध्यक्ष प्रज्वल (विशाल) शाहीको मृत्यु भएको छ । शाही बझाङका हुन् । सो कोठामा सँगै रहेका पश्चिम रुकुमको सानीभेरीका रविन केसी घाइते भएका छन् । उनी सो संगठनको त्रिचन्द्र क्याम्पसका इकाइ अध्यक्ष हुन् ।

त्यस्तै करिब ४ः१५ वरिपरि नै सुकेधारास्थित सैलुनभित्र विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । विस्फोटको समयमा सैलुनका सञ्चालक छोटेलाल ठाकुरबाहेक नेवाः मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जन, ट्रेड युनियनका अध्यक्ष हरि खड्का, सैन्य विभागका मध्यकमान्ड इन्चार्ज महावीर र अर्का कार्यकर्ता दीपेनलगायत रहेको प्रहरीले जनाएको छ । घाइतेमा एकजना छोटेलाल छन्, मृत्यु क–कसको भयो भन्ने खुलेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved