घट्यो पेट्रोलको मूल्य, अब कति पर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 05:05:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।  निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

मूल्य घटेसंगै अब पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १ सय १० रुपैयाँ पर्ने छ । यसअघि पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ प्रतिलिटर थियो ।

आयल निगमले गत बुधबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ ५० पैसा वृद्धि गरेको थियो ।  निगमले बजेट सार्बजनिक भएको केहि घण्टा मै मूल्य बढाएको थियो । त्यस समय डिजेल र मट्टितेलको मूल्य पनि बढेको भए पनि अहिले भने पेट्रोलको मूल्य मात्र घटेको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved