'जनताको भावना बिपरित गुठी बिधेयक पारित हुँदैन'

रासस

रासस

Jun 15, 2019 | 10:25:21 PM मा प्रकाशित

laxmi  sunrise bank

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेले गुठीका बारेमा बाहिर प्रचार गरिएजस्तो नभएको बताएका छन। काठमाडौँ महानगरपालिका वडा नंं ४ ले यहाँ आज आयोजना गरेको ‘प्रथम कामनपा–४ वडास्तरीय खुला दौड प्रतियोगिता’को समापन समारोहमा उनले जनताको भावनाविपरित हुने गरी गुठी विधेयक पारित नहुने बताए। 

“गुठी विधेयक जनताको हितविपरीत हुने कुरा दिने छैनौं। कसैले कानून ल्याए पनि त्यो पास गर्न दिने छैनौं" उनले भने, “जनताको एकता, धार्मिक, सांस्कृतिक भावनासँग जोडिएका गुठीजस्ता संस्कृतिको विषय कहिल्यै नै नोक्सान गर्नु हुँदैन । त्यसलाई सम्मान गर्नुपर्दछ । जनतालाई एकता गरेको सयौँ वर्षका त्यो गुठी नष्ट हुदैन।”

उनले अहिले गुठीको कानून नबनेकाले गुठी ऐन हिजोभन्दा कस्तो नयाँ ढङ्गले कसरी बनाउने भन्नेमा छलफल मात्र भएको बताए। पोखरेलले अहिले कामको मेसो नमिलेकाले सङ्घ, प्रदेश र स्थानीय तहमा काम गराइमा अलमल भएको बताए।

“अहिले तीन तहका सरकारले तीन किसिमको काम गरिरहेका छन् । जसले गर्दा कतिपय ठाउँमा अलमलसमेत भएको छ”, उनले भने, “अब हामीले हाम्रा कामलाई कसले के गर्ने भन्ने छुटाउन जरुरी रहेको छ ।” उनले जननिर्वाचित जहिले पनि जनताको भावनालाई बुझेर काम गर्नुपर्ने भन्दै जनताको भावनाविपरीत काम गरियो भने जतिसुकै ठूलो पार्टी वा नेताले गरे पनि जनताले आलोचना गर्ने बताए।

प्रदेशसभा सदस्य नारायण सिलवालले भौतिक संरचनासँगै आम नागरिकको शान्ति, सुरक्षा, जागरुकता र गुणस्तरीय जीवन सुनिश्चित भएपछि मात्रै मुलुक समृद्ध हुने बताए। वडा अध्यक्ष मोहन विष्टले वडामा रहेको सार्वजनिक जग्गालाई सार्वजनिकीकरण गर्ने बताए। प्रतियोगितामा नवीन कार्की प्रथम, आलोक थापा द्वितीय र नवराज बुढामगर तृतीय भएका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved