‘सञ्चार माध्यमले तपाई, हजुर भन्ने संस्कार विर्सिए’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 03:48:48 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सञ्चार माध्यमले संस्कार र संस्कृति विर्सिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा चलेको बोली, भाषा र सैलीलाई स्थापित सञ्चार माध्यमले पालना गरेको देखिएको प्रधानमन्त्रीको भनाई छ । 

सञ्चार माध्यमले तपाई, हजुर भन्ने मौलिक संस्कार विर्सिएको दोहोर्याउदै अहिलेकै अवस्थाले संस्कृति र संस्कार विग्रिने भन्दै सचेत गराए । ‘हाम्रो टेलिभिजनले कसैलाई पनि तपाई भन्न जान्दैन । तपाई भन्ने भाषा नै हराइ सक्यो । हाम्रो संस्कृतिमा बाउ आमालाई तपाई भनिन्छ । बाउलाई पनि तिमी आमालाई पनि हजुरबा र हजुरआमालाई पनि तिमी । हाम्रो भाषामा यस्तो पनि हुन्छ ? उनले प्रश्न गरे ।

अहिलेको अवस्थाले निम्त्याउने परिणाम भोग्ने आफू मात्रै नभएको भन्दै ओलीले संयम भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved