विश्वकपले नयाँ विजेता पाउने निश्चित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 08:06:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१९ को विश्वकपले नयाँ विजेता पाउने निश्चित भएको छ । हालसम्म पनि उपाधि नजितेका २ वटा टिम फाइनलमा पुगेपछि यस पटक नयाँ विजेता आउने निश्चित भएको छ 

यस सिजनको फाइनलमा न्युजिल्यान्ड र इंग्ल्यान्ड पुगेका छन् । न्युजिल्यान्ड भारतलाई १८ रनले पराजित गर्दै फाइनल पुगेको हो भने इंग्ल्यान्ड अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै फाइनल पुगेको हो । न्युजिल्यान्ड गत सिजनको उप विजेता हो भने इंग्ल्यान्ड २७ वर्षपछि पहिलो पटक फाइनलमा पुगेको हो । 

फाइनल खेल आगामी आइतबार हुनेछ । 




 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved