सडक विभागलाई गगन थापाको चेतावनी, ‘काम नगर्ने ठेकेदारको म्याद थपे राम्रो हुँदैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 08:23:52 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाका सांसद एवम् नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ भित्र समयमै सडक सम्पन्न नगर्ने ठेकेदारको म्याद थप नगर्न सडक विभागलाई दबाब दिएका छन् । सांसद थापा सहितको टोलीले सडक विभागले समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्नुको सट्टा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा त्यस्तो नगर्न भनेका छन् । 

काठमाडौँ ४ थापाको निर्वाचन क्षेत्र हो । उक्त क्षेत्रमा १२ वटा सडक छन् । थापाले भने, ‘सडक विभागले बारम्बार ठेकेदारलाई म्याद थप गर्ने तर, ठेकेदारले काम नगर्ने प्रवृत्ति देखियो । अब ठेकेदारलाई आवश्यक कारवाही नगरेसम्म म्याद थप गर्नु भएन ।’

विभागका महानिर्देशक केशवकुमार शर्मालाई थापाले भने, ‘तपाईंहरुले फेरि पनि काम नगर्ने ठेकेदारलाई म्याद थप गर्नुभयो भने गडबड गरेको देखिन्छ, हामीले भन्दाभन्दै जबर्जस्ती ठेकेदारको पक्षमा म्याद थप भयो भने तपाईंका विरोधमा आन्दोलन गर्नेछौं ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved