उपनिर्वाचनको कार्यक्रम सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 06:19:04 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको लागि मतदाता अद्यावधिकको कार्यक्रम तालिका सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य समेत कुल ५१ पदहरुका लागि उपनिर्वाचन गर्न लागेको हो ।

 ३७ जिल्लाका १५४ वडा कार्यालयहरुमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम असोज १ गतेदेखि हुने गरी आयोगले तालिका सार्वजनिक गरेको हो । आयोगले  सम्बन्धित वडाका मतदाताहरुलाई आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटी सच्याउन, उजुरी दिन, दोहोरो नाम हटाउन, मृत्यु भएका, नागरिकता रद्ध÷त्याग गरेका मतदाताहरुको नाम हटाई सहयोग गर्न आग्रह गरेको छ।  

यस्तो छ तालिका : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved