दशैँका लागि खसि, बोका र च्याङ्ग्राको बिक्रि (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 08:27:17 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँका लागि खसि बोका र च्याङ्ग्राको सोमबारबाट सुरु भएको बिक्रि अझै जारी छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंमा खसी बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ । 

जिउँदो खसी बोकाको मूल्य ५५० रुपैयाँ प्रतिकिलो तोकिएको छ भने च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० रुपैयाँ तोकिएको छ । कम्पनीले खसी बोकाको मूल्य ५६० रुपैयाँ निर्धारण गरिए पनि दशैंमा प्रतिकिलो १० रुपैयाँ छुट र च्याङ्ग्राको पनि ७४० रुपैयाँ प्रतिकिलोबाट १० रुपैयाँ छुट दिईएको जनाएको छ । यसवर्ष कम्पनीले ३ हजार खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दैछ । 

थापाथलीस्थित कम्पनीको कार्यालयबाट बिक्री सुरु भएको हो । दशैँमा काठमाडौँ उपत्यकामा मात्रै ४० हजार वटा खसि बोकाको माग हुने गरेको छ । 

हेर्नुहोस् फोटोफिचरः 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved