सगुनले यो बर्ष ५० करोड लगानी संकलन गर्ने, विदेशका नेपालीबाट लगानी थपिंदै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 19, 2017 | 08:00:30 AM मा प्रकाशित

laxmi  sunrise bank

गैर आवासीय नेपाली गोविन्द गिरीको प्रवर्धनमा सञ्चालित सोसियल इकमर्श साइट सगुनले जारि गरेको मिनी आइपीओमा ३२ करोड रुपैयाँ संकलन भएको छ। विभिन्न मुलुकमा बस्ने दुइ हजार बढी नेपालीले सगुनमा ३२ करोड भन्दा बढी लगानी गरेको कम्पनीले जनाएको छ। 

सगुनले दोस्रो चरणमा जारि गरेको आइपीओमा बिश्वभरबाट ठुलो संख्यामा आकर्षण बढेको बताइएको छ। विदेशमा बस्ने नेपालीहरुले यहि नोभेम्बर ३० तारिखसम्मका लागि आबेदन दिन सक्नेछन। विदेशमा बस्ने नेपालीहरुले सगुनमा शेयर लगानी गरेर यसका उत्पादन र सेवा विस्तारमा हिस्सा लिन सक्नेछन।  

सगुनका संस्थापक गोबिन्द गिरिले सगुनले ५० लाख डलर लगानी उठाउन लागेको जानकारी दिएका छन। सगुनले युएस सेक्युरिटी एण्ड एक्सचेञ्ज कमिसनबाट एक बर्षका लागि दुई करोड डलरसम्म लगानी संकलनको अनुमति पाएको छ।

सगुनले सन् २०१७ को सुरुआतमा प्रतिशेयर २३ डलरका दरले ३०० मा साधारण सेयर निस्कासन सुरु गरेको थियो। अहिले खुलेको दोस्रो चरणमा भने कम्तिमा १ हजार डलर लगानीको प्रावधान राखिएको छ। जसमा करिव ४३ किक्ता शेयर खरिदकर्ताले पाउनेछन् । लगानीकर्ताले बार्षिक आम्दानीको १० प्रतिशतसम्म लगानी गर्न सक्नेछन ।

‘उत्कृष्ट संजाल बनाउने हाम्रो अभियानमा विश्वभरीबाट लगानीकर्ताले सहयोग गर्नु भएको छ। विश्वभरका उपभोक्ताहरुको चासो र आवश्यकता सम्बोधन गर्ने उत्कृष्ट प्लेटफर्म बनाउन हामी मेहनत गरिरहेका छौं।’ -सगुनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरी     

सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निष्काशनको औपचारीक घोषणा गरेको हो। अमेरिकन कम्पनीमा लगानी गर्न योग्य जुनसुकै देशहरुबाट वायर ट्रान्फर, क्रेडिट/डेविट कार्डबाट समेत लगानी गर्न सकिने छ । जसको लागि सगुनको इन्भेन्ट पेजमा गएर फर्म भरेर कम्तिमा एक हजार डलर लगानी गर्न सकिने छ ।

सगुनका संस्थापक गिरीले क्रेडिट/ डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी गराए। शेयर खरिदको लागि सहज बनाउन यो पटक नयाँ व्यवस्था समेत मिलाएको सगुनले जनाएको छ। 

यसअघी बैङकमै गएर मात्र हुने कारोवारलाई सहज बनाउँदै सगुनले अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनको स्विकृतिमा  क्रेडिट/ डेविट कार्ड मार्फत  लगानी गर्ने व्यवस्था मिलाएको हो । क्रेडिट/ डेविट कार्ड मार्फत शेयरमा लगानी गर्न  अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी भएको दावी गरिएको छ ।

विदेशमा व्यस्तताका बीचमा लगानी गर्न चाहनेहरुको सहजतालाई ध्यानमा दिदै क्रेडिट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाइएको गिरीले बताए । उनले भने, ' क्रेडिट/ डेविट कार्ड मार्फत लगानी गर्न पाउने नयाँ व्यवस्थाले प्रवासमा रहेका नेपालीहरु सहित अन्य सम्भावित लगानीकर्ताहरु लाभान्वित हुने विश्वास लिएको छु।'

सगुनको यस चरणमा लगानी गर्नका लागि प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर किन्नु पर्ने हुन्छ । सगुनले यस चरणमा ८ लाख भन्दा वढी शेयर विक्रि गर्ने योजना बनाएको छ । शेयर बिक्री कम्पनीको शेयर बिक्री सम्बन्धी सूचनाहरु रहेको वेबसाइट www.sagoon.com/invest बाट सञ्चालन गरिने सगुनले बताएको छ। दोस्रो चरणको लगानी अवसर आगामी नोभेम्वर ३० सम्म मात्र रहने छ।

फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालले प्रयोगकर्तालाई कनेक्ट र शेयरको मौका दिएकोमा सगुनले आफ्ना प्रयोगकर्तालाई ‘अर्न’ अर्थात कमाइ गर्ने अवसर समेत दिंदैछ। 

सगुनले 'कनेक्ट–शेयर–अर्न' भन्ने नारा सहित आफ्नो सेवा बिस्तार गरिरहेको छ। हाल सगुनका १० लाख बढी प्रयोगकर्ता छन्। संख्यात्मक र गुणात्मक रुपमा सगुनका प्रयोगकर्ता बढाउन हाम्रो मुख्य ध्यानहुने सगुनले जनाएको छ।  सगुनको मोवाइल एप आगामी महिना सार्वजनिक हुने र सोसल स्मार्ट कार्डको लागि समेत कामभैरहेको बताइएको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved