पाठकको डिभाइस प्रयोग गरी अनलाईन खबरको पोर्टलबाट गैरकानुनी काम भएको खुलासा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2017 | 03:15:51 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन खबरमा नेपालको कानुनले 'अबैध' घोषणा गरेको क्रिप्टोकरेंसी माइनिङ गरिएको भेटिएको छ। अनलाइन खबरको समाचारमा बिटक्वाइन जस्तै मोनेरो नाम गरेको क्रिप्टोकरेंसी माइनिङ गरिएको कोड देखिएपछी यसको खुलाशा भएको हो। 

जाभा स्क्रिप्ट मार्फत क्रिप्टोकरेंसी माइनिङ गर्न प्रयोग गरिने 'कोड' समाचारमा देखिएको खुल्न आएको हो। अनलाईन खबरले जाभा स्क्रिप्टको कोडको सहायताले पाठकको इलेक्ट्रोनिक डिभाईस (फोन, ल्यापटप, आइप्याड लगायत) मा कोड पठाई माइनिङ गर्ने गरेको सार्वजनिक भएको हो। 

पाठकले अनलाइन खबरको सामग्री पढ्दा वा अनलाइन खबर खोल्दा त्यो 'कोड' पाठकको इलेक्ट्रोनिक डिभाइसमा पुगी माइनिङ हुनेगर्छ। यसबाट पाठकको डिभाइसको स्पेस भरिंदै जान्छ। जसकारण जति बढी माइनिङ भयो अनलाइन खबरलाई त्यति नै बढी आम्दानी हुने गर्छ। तर अनलाइन खबरका संस्थापक तथा प्रधान सम्पादक धर्मराज भुसालले भने अनलाईन खबरले त्यस्तो केहि नगरिएको प्रतिक्रिया दिएका छन। 

'अनलाइनखबरले त्यस्तो कुनै स्किप्ट प्रयोग नगरेको जानकारी गराउन चाहान्छु । हाम्रो प्राबिधिक टिमले परीक्षण गर्दा हाम्रो स्क्रिप्टमा कुनै समस्या छैन र तपाइले स्क्रिनसटमा राखेको जस्तो माइनिङ स्क्रिप्ट पनि प्रयोग भएको छैन।' जुन व्यक्तिले अनलाईन खबरले माइनिङ गरेको पत्ता लगाए, ति व्यक्तिको स्ट्याटसमा कमेन्ट गर्दै भुसालले लेखेका छन, 'यदि कुनै प्रयोगकर्ता बिशेषकहाँ यस्तो समस्या अाएको हो भने हाम्रो प्राबिधिक टीमले त्यसको कारण पत्ता लगाइ हामीले समाधान गर्नुपर्ने बिषय भए समाधान गर्न हामी तत्पर छाैं ।  तर, अहिलेसम्मको अबस्थामा यो अारोप सरासर निराधार हो, यसरी हचुवाका भरमा इमेज ड्यामेज गर्ने काम नगराै । तपाइले देखाएको स्क्रिनसट अनलाइनखबरको हुँदै हैन ।'

ति व्यक्तिले माइनिङ सम्बन्धमा प्रमाणनै सार्वजनिक गरेपछि भने भुसालले केहि प्रतिक्रिया दिएका छैनन। यसबारेमा सामाजिक संजालमा चर्चा भएको आधा घण्टामा नै अनलाइन खबरको समाचार सामग्रीबाट माइनिङ गर्न प्रयोग गरिने 'कोड' डिलेट गरिएको छ। अनलाइन खबर आफैले डिलेट गर्यो वा अरु कसैले प्रमाण नस्ट गर्यो यसबारेमा अनुसन्धान जारि रहेको छ। 

बिटक्वाइनको माइनिङ र त्यसको प्रयोग बढ्दै गरेको समाचारहरु सार्वजनिक हुन थालेपछी बिटक्वाइन वा यस प्रकारको कुनै पनि क्रिप्टोकरेंसीलाई नेपालमा गैरकानुनि घोषणा गरिएको छ। 

अर्को कुरा पाठकहरुको डिभाइस प्रयोग गरि क्रिप्टोकरेंसी माइनिङ गरिनु पाठकहरुको भावनामा ठोस पुर्याउनु हो। कसले किन गर्यो भन्ने कुरा अनुसन्धानको बिषय हो। तर यो कार्य जसले पनि गर्यो त्यो सरासर अपराध र गैरकानुनि हो। 

के हो माइनिङ ?

बिटक्वाइन जस्तै मोनेरो पनि अर्को क्रिप्टोकरेंसी हो। मोनेरोमा काम गर्न वा मोनेरो प्राप्त गर्न प्रशस्त गणितीय बिधिहरु र क्रिप्टोग्राफिक पजलको समाधान गर्नुपर्ने हुन्छ। 

त्यस्तो पजलहरुलाई अत्यधिक सिपियुको आवश्यकता पर्दछ। यदी कसैले यो पजल समाधान गर्छ। समाधान गरेबापत उसले केहि मात्रामा मोनेरो प्राप्त गर्छ। यो प्रक्रियालाई नै माइनिङ भन्ने गरिन्छ। जति बढी माइनिङ हुन्छ त्यति नै बढी आम्दानी हुनेगर्छ। अहिले १ मोनेरो बराबर नेपाली २५००० रुपैयाँ बराबर हुन्छ। 

अनलाइन खबरमा प्रयोग भएको भनिएको कोड त्यहि माइनिङ गर्ने जाभा स्क्रिप्टमा आधारित माइनिङ हो। माइनिङ गर्ने कयौं पद्दति हुन्छन ति मधे केहिले आफ्नो कम्प्युटरको प्रयोग गर्छन भने केहिले जाभा स्क्रिप्ट कोड प्रयोग गरि अरुको डिभाइस प्रयोग गरि माइनिङ गर्नेगर्छन। 

जाभा स्क्रिप्ट कोड प्रयोग गर्दा वेभसाइट भिजिट गर्ने प्रयोगकर्ताको ब्राउजरमा त्यो 'कोड' रन हुन्छ। प्रयोगकर्ता वा पाठकको सिपियु पावर प्रयोग गरेर त्यो पजलको समाधान गरेर माइनिङ गरिन्छ। 

अहिले प्रयोग गरिएको भनिएको कोइन हाइभ जाभा स्क्रिप्ट बेस माइनिङ भएको एक कम्प्युटर प्रोग्रामरले बिजपाटिलाई बताए। 'आफ्नो इलेक्ट्रोनिक डिभाइसमा मात्र माइनिङ गरियो भने जति सिपियु क्षमता छ त्यति मात्र गर्न सकिन्छ, तर अरुको डिभाइस प्रयोग गरियो भने जति धेरै प्रयोगकर्ताले त्यो सामग्री खोल्यो त्यति प्रयोगकर्ताको डिभाइसबाट माइनिङ हुन्छ' उनले भने, 'जति बढी माइनिङ हुन्छ त्यति बढी आम्दानी हुन्छ।'

जसले यो माइनिङ गर्छ उसलाई मनग्गे आम्दानी हुन्छ तर प्रयोगकर्ता वा पाठकको सिपियु र र्याम खाइदिन्छ। जस कारण कम्प्युटर वा इलेक्ट्रोनिक डिभाइसको स्पिड घट्दै जान्छ र ह्यांग हुने समस्या देखिन्छ।  

 अनलाइन खबर समाचार पोर्टलबाट माइनिङ भएको प्रमाण बिजपाटिसंग सुरक्षित छ। 







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved