प्रदेश १ मा एनालग टेलिभिजन बन्द, अन्यमा पनि बन्द गराइँदै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 28, 2018 | 07:10:05 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वी नेपालमा एनालग प्रणालीमा संचालन हुँदै आएका टेलिभिजनहरु बन्द गरिएका छन। सञ्चार मन्त्रालयका इञ्जिनियर अनिल भुजेलको नेतृत्वमा पूर्व आएको अनुगमन टोलीले प्रदेश १ को विराटनगर, इटहरीका केवल नेटवर्कहरुमा छापा मारी एनालग प्रणालीमा संचालित टेलिभजन बन्द गराएको हो। 

छड्के अनुगमनमा पुगेको मन्त्रालयको टोलिले इटहरीमा रहेको पशुपति केवल नेटवर्क र सुनसरी केवल नेटवर्क बन्द गराएको हो। पटकपटक डिजिटल प्रविधिमा जान अनुरोध गर्दा पनि अटेर गरेपछि टोलीले अनुगमन गरी बन्द गराएको हो।

सञ्चार मन्त्रालयले २०७५ बैशाख १५ देखि नै सम्बन्धित केवलहरूलाई पत्राचार गरी तत्काल एनालग सिस्टम बन्द गर्न आग्रह गरेको थियो । एनालग बन्द भएपछि डिजिटल प्रविधिमा आधारित टेलिभिजन हेर्न अनिवार्य सेटअप बक्स खरीद गर्नुपर्ने हुन्छ।  

सरकारले धेरैपटक एनालग टिभीहरु बन्द गर्न भने पनि अटेर गरिएपछि मन्त्रालयले छापा मार्न थालेको हो । छापा मारेर एनालग बन्द नगरेको पाइएमा बन्द गराउन लगाइएको मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्रालयले देशभरका अन्य जिल्लाहरुमा पनि छापा मार्ने र एनालग टिभी बन्द गराउने कार्यलाई तीब्रता दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved